नेप्सेमा महुली लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार महुली लघुवित्तको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।
कम्पनीको आज सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयरमूल्य ८ सय ३७ रुपैयाँको आधारमा १४.२५ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ७ सय ३२ रुपैयाँ ६० पैसा कायम गरेको छ ।
अब कम्पनीको सेयर बुधबार दोस्रो बजारमा कारोबार आउनेछ ।