आरएसडीसी लघुवित्तको तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट सार्वजनिक, कस्ता छन् मुख्य सूचकहरु ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

आरएसडीसी लघुवित्तको तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट सार्वजनिक, कस्ता छन् मुख्य सूचकहरु ?



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले नाफा घटेको देखाएको हो ।

चालु आवको तेस्रो त्रैमासमा कम्पनीले ८ करोड ६० लाख २४ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८.८१ प्रतिशतले कमी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड ४३ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । चैत मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी २९.२२ प्रतिशतले वृद्धि भई २१ करोड ४० लाख ४४ हजार रुपैयाँ पुगेको छ । चालु आवको ९ महिनामा कम्पनीको संचालनमा नाफा पनि ८.८१ प्रतिशतले घटेर १२ करोड २९ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरण योग्य नाफा ५ करोड ६३ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा कर्जा पनि वृद्धि भएको छ । खराब कर्जा बढ्दा इम्पेरमेन्ट चार्ज पनि वृद्धि भई कम्पनीको खुद नाफा घटेको हो । गत आवको तेस्रो त्रैमासमा ०.२३ प्रतिशत रहेको कम्पनीको खराब कर्जा यस वर्षको समिक्षा अवधिमा भने बढेर १.३७ प्रतिशत पुगेको छ । इम्पेरमेन्ट चार्ज पनि ७ करोड माथि छ ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ९ करोड ३३ लाख १८ हजार रुपैयाँ राखेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ४३ पैसाले घटेर १३ रुपैयाँ १९ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्