आरम्भ चौतारी लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिने पाउँछन् आवेदन ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

आरम्भ चौतारी लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिने पाउँछन् आवेदन ?



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

कम्पनीले संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख ५ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा १० काभ्रेमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ सस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्