नेष्डो समृद्ध लघुवित्तको लाभांशमा राष्ट्र बैंकले चलायो कैचि, अब लाभांश कति ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीको लाभांश संशोधन भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५० प्रतिशत बोनस, २० नगद र कर प्रयोजनका लागि ३.६८४२ प्रतिशत लाभांश दिने निर्णय गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो । राष्ट्र बैंकले कम्पनीको लाभांश संशोधन गर्दै १७.९३४२ प्रतिशत मात्र स्वीकृत गरेको हो ।
अब प्रस्तावित लाभांश साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।