समृद्धि फाइनान्सको सेयर किन्ने होइन त ? प्रतिकित्ता १ सय रुपैयाँमा सर्वसाधारणका लागि बिक्रीमा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

समृद्धि फाइनान्सको सेयर किन्ने होइन त ? प्रतिकित्ता १ सय रुपैयाँमा सर्वसाधारणका लागि बिक्रीमा



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीका ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको लागि कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । सेयरमा आवेदन दिदा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्ने चाहने इच्छुक जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख ६ गते) ले १५ दिन भित्र आवेदन दिन सकिनेछ ।

यसअघि, कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरे पछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्