सेयरधनीको हात रित्तो बनाएको आरम्भ चौतारीको यस्तो छ सातौं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटटेडले सातौं वार्षिक साधारण सभा चैत ३० गते सम्पन्न भएको छ । सभा बनेपा भैन्यु बनेपा ८ काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै, अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने वा संस्थागत गाभिने, गाभ्ने। गाभिने वा प्राप्ति गर्ने । प्राप्ती हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा सो संग सम्बन्धित आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।