मर्जर प्रस्ताव पारित गर्नको लागि नेरुडे र मिर्मिरेको विशेष साधारण सभा आज बस्दै

काठमाडौं । नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आज (बैशाख १० गते) बस्ने भएको छ। मिर्मिरे लघुवित्तले होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउसो १२ः३० बजे बस्ने भएको छ भने नेरुडे लघुवित्तले उद्योग संगठन मोरङको सभाहल विराटनगरमा विहान ११ बजे बस्ने गरी बोलाएको छ ।
मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले विशेष साधारण सभामार्फत मर्जर प्रस्तावलाई स्वीकृति गर्ने भएका छ । मोरङ्ग जिल्लाको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोक जिल्ला बनेपामा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था समान हैसिएतमा एक हुन लागेका हुन ।
विशेष साधारण सभा मार्फत मर्जर प्रक्रिया सम्पन्न गर्न आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय दुबै कम्पनीले गर्नेछन् । विशेष साधारण सभाका लागि दुबै कम्पनीले वैशाख ३ गते एक दिन बुक क्लोज घएको छ । वैशाख २ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।
बजारमा चर्चित लघुवित्तका रुपमा परिचित दुबैं लघुवित्त मर्जरमा गएसँगै अन्य लघुवित्तलाई समेत मर्जरमा जाने प्रोत्साहन मिलेको छ । हाल नेरूडे लघुवित्तको चुक्तापूँजी ६० करोड र मिर्मिरे लघुवित्तको चुक्तापूँजी ५३ करोड रुपैयाँ रहेको छ । चुक्तापूँजीका आधारमा नेरुडे लघुवित्त अगाडि रहेको छ । मिर्मिरे लघुवित्तले यस अघि बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाइ प्राप्ति गरी गत भदौ १५ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।