किसान लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको चैत २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९।०८० को कारोबारको बाह्य लेखा परीक्षण कार्य गर्नेका लागि एस आचार्य एण्ड एसोसिएट्सका चार्टर्ड एकाउण्टेण्ट सागर आचार्यलाई नियुक्त गरेको हो ।