आजसम्म कायम सेयरधनीहरुले मात्र सूर्योदय वोमी लघुवित्तको लाभांश पाउने « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

आजसम्म कायम सेयरधनीहरुले मात्र सूर्योदय वोमी लघुवित्तको लाभांश पाउने



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन गर्ने आज (बैशाख १३ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले वैशाख १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ वैशाख १३ गतेसम्म कायम सेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्तावित गरेको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले ११औं वार्षिक साधारण सभा बैशाख ३० गतेका लागि बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्