यस्तो छ महुली लघुवित्तको १०औं वार्षिक साधारण सभाको ‘माइन्युट’ « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

यस्तो छ महुली लघुवित्तको १०औं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा वैशाख ९ गते सम्पन्न भएको छ। सभा कम्पनीको केन्द्रीय कार्यालय महुली सप्तरीमा सम्पन्न भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभामा प्रिमियममा एफपीओ निष्कासन गर्ने विशेष प्रस्तावसमेत पेश गरिनेछ । साथै सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्न÷गाभिन वा मर्जरमा जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्