एक लघुवित्तको १४.७५ प्रतिशत लाभांश तपाईको बैंक खातामा आयो ? छैन भने यसो गर्नुहोस्

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको खाताम नगद लाभांश वितरण सुरु गरेको हो ।
कम्पनीको बैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले पारित गरेको १४.७५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । चैत ३० गतेसम्म कायम सेयरधनीहरुको बैक खातामा जम्मा गरेको कम्पनीले जनाएको छ ।
हालसम्म सेयर अद्यावधिक नगराएका सेयरधनीहरुले अद्यावधिक गराएपछि मात्र लाभांश जम्मा गर्ने भएको हुदाँ यथाश्रिघ खाता अद्यावधिक गर्ने कम्पनीले भनेको छ ।