स्वावलम्बन लघुवित्त नाफा ६५%ले खुम्चियो, अधिकांश सूचकमा लाग्यो ब्रेक, खराब कर्जा चुलियो

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा ९ करोड ८७ लाख ७५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको मुनाफा भन्दा ६५.२५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीकोको मुनाफा २८ करोड ४२ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा ऋणत्मक रहेको छ । कम्पनीको संचालन नाफा १२ करोढड ४१ लाख ४० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ४२ करोढ ५१ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको यस अवधिमा खुद ब्याज आम्दानी भने ७.८९ प्रतिशतले बढेर १ अर्ब ४ करोड ७५ लाख ५५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ९७ करोड ८ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १५ प्रतिशतले बढेर १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँ, जगेडा कोष ७.८७ प्रतिशतले घटेर १ अर्ब ६९ करोढ ८० लाख २३ हजार रुपैयाँ, निक्षेप संकलन १३ अर्ब ३ करोड ८४ लाख ८५ हजार रुपैयाँ, खराब कर्जा ८.४६ प्रतिशतले बढेर १२.९८ प्रतिशतले पुगेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ५८ पैसा रहेको छ ।