यस्तो छ आरम्भ चौतारी लघुवित्तको वित्तीय रिपोर्ट

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार ५६ लाख ९१ हजार रुपैयाँ ऋणत्मक अवस्था रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ७ करोड २ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २७.९२ प्रतिशतले घटेर १९ करोड ३७ लाख ६२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २६ करोड ८८ लाख १९ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको सचालन नाफा समेत ५६ लाख ९१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ७ करोड २ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ, जगेडा कोष ५.७७ प्रतिशतले घटेर १२ करोड १५ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३९ हजार रुपैयाँ रहेको छ ।