राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्ध, यस्तो छ कारण « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्ध, यस्तो छ कारण



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश रद्ध भएको छ । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने गरेको लाभांश रद्ध भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरी स्वीकृतीका लागि वित्तीय विवरण सहित नेपाल राष्ट्र बैंक पठाएको थियो । राष्ट्र बैंकले वित्तीय विवरण मात्र स्वीकृत गरेको र लाभांश वितरणको बारेमा केही नखुलाएको बताउँदै लाभांश रद्द गरेको हो ।

बैशाख २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश रद्ध गरेको निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्