पाँच वर्ष पुरानो लाभांश लिन आउन मेरो माइक्रोफाइनान्स लघुवित्तको अनुरोध

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्ष भन्दा पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पुरानो लाभांश लिन भनेको हो ।
कम्पनीको २०७३ पुष १५ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७२।०७३ को लाथि कम्पनीका सेयरधनीहरुलाई १० प्रतिशत दिने प्रस्ताव पारित गरेको थियो । तर हालसम्म खाता अद्यावधिक नगरिएको वा हितग्राही खाता खोलि नसक्नु भएको सेयरधनीहरुले अथाश्रिश लाभांश बुझिलिन कम्पनीले भनेको हो ।
साथै, सूचना प्रकाशित भएको मिति (बैशाख २९ गते) ले एक महिना भित्र आफ्नो बक्यौता नगद लाभांश रुकमान्तरण नभएको हकमा निजले आफ्ना बैंकको नाम तथा खाता नम्बर र हितग्राही खाता नखोलेको खण्डमा उक्त लाभांश लगानीकता संरक्षण कोषमा जम्मा हुने छ ।