१६ गुणाले घट्यो जनउत्थान लघुवित्तको नाफा, खराब कर्जा चुलियो, कस्तो छ वित्तीय अवस्था ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

१६ गुणाले घट्यो जनउत्थान लघुवित्तको नाफा, खराब कर्जा चुलियो, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफा १६ गुणाले घटेको छ । कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ९ महिनामा कम्पनीले ३६ लाख १४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा भने ९३.९२ प्रतिशतले कमी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ९३ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानीमा गिरावट, संचालन नाफा ऋणात्मक र खराब कर्जा वृद्धिले नै नाफा १६.४३ गुणाले घटेको हो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४८.६६ प्रतिशतले घटेर ६ करोड ९८ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको संचालन नाफा भने १ करोड ७२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

सो अवधिमा कम्पनीको खराब कर्जा ८.२१ प्रतिशतले बढेर ११.४८ प्रतिशत पुगेको छ । कम्पनीको चुक्ता पुँजी १७ करोड रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड १२ लाख रुपैयाँ देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि भारी गिरावट आएको छ । कम्पनीको यस्तो आम्दनी ५६ रुपैयाँ ८३ पैसाले घटेर २ रुपैयाँ ८३ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १६१ रुपैयाँ ६८ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्