एक लघुवित्तको १४.२८ प्रतिशत बोनस सेयर तपाईको खातामा आयो?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर वितरण सुरु गरेको छ । कम्पनीले आफ्नो सेयरधनीहरुको खातामा बोनस सेयर वितरण सुरु गरेको हो ।
कम्पनीको चैत ११ गते बसेको छैटौँ साधारण सभाबाट पारित गरेको १४.२८ प्रतिशत बोनस सेयर वितरण गरेको हो । फागुन २५ गते कायम सेयरधनीहरुको बैंक खातामा जम्म गरेको कम्पनीले बताएको छ । हालसम्म सेयर अद्यावाधिक नगराएका सेयरधनीहरुले अद्यावाधिक गराएपछि मात्र लाभांस जम्मा गर्ने हँदा खाता अद्यावध्कि गर्ने कम्पनीले भनेको छ ।