बिपिडब्लु लघुवित्त नोक्सानमाः अधिकांश सूचक ओराला, वितरणयोग्य नाफा र इपिएसमा पनि ऋणत्मक « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

बिपिडब्लु लघुवित्त नोक्सानमाः अधिकांश सूचक ओराला, वितरणयोग्य नाफा र इपिएसमा पनि ऋणत्मक



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनी नोक्सानमा रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको ४९ लाख २१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको मुनाफा २६ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको संचालन नाफा समेत नोक्सानीमा रहेको छ ।कम्पनी १ करोड २५ लाख ५० हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोहि पनि कम्पनीको संचालन नाफा ६४ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मका ९५ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरको कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त आम्दानी ५१.२० प्रतिशतले घटेर ४६ लाख ६२ हजार रुपैयाँमा खुम्चिएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ३ करोड रुपैयाँ, जगेडा कोष ३७ लाख १ हजार नोक्सान, वितरण योग्य नाफा १ करोड २५ लाख ५० हजार नोक्सान र खराब कर्जा ४.८८ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८७.६६ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्