कालिका लघुवित्तको १७ हजार ७ सय कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १९ हजार ७०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीका आवेदन पेश गर्नुपर्नेछ ।