लाभांश र एफपीओ प्रस्ताव पारितका लागि समिट लघुवित्तले जेठ ३० गते बोलायो साधारण सभा « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

लाभांश र एफपीओ प्रस्ताव पारितका लागि समिट लघुवित्तले जेठ ३० गते बोलायो साधारण सभा



काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा जेठ ३० गतेका लागि बोलाएको छ । सभा अरनिको पार्टी प्यालेस, बनेपा काभे्रपलान्चोक बिहान १०.३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा गत वर्षको मुनाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण प्र्रस्ताव पारित गर्नेछ ।

बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग ८ लाख ५३ हजार ६६५ कित्ता सेयर एफपीओको रुपमा जारी गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गरेको हुदाँ जेठ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्