मानुषी लघुवित्तले जेठ ३२ गते बोलायो सधारण सभा, सेयरधनीको हात भने रित्तो « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

मानुषी लघुवित्तले जेठ ३२ गते बोलायो सधारण सभा, सेयरधनीको हात भने रित्तो



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा जेठ ३२ जेठ ३२ गतेका लागि बोलाएको छ । सभा दिव्यश्वरी पार्टी प्यालेस, एन्ड क्याटरिङ, लोकन्थली भक्तपुरमा बिहान १०.३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि संस्थाले जेठ १८ गते बुक क्लोज गर्ने भएको हुदाँ जेठ १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

मानुषी र श्रीजनशील लघुवित्त एक आपसमा मर्ज हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस्