समिट लघुवित्तले बोलायो स्थगित साधारण सभा, लाभांश र एफपीओ निष्कासन प्रस्ताव पारित मुख्य एजेण्डा

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ३० गतेका लागि स्थगित गरेको १४औं वार्षिक साधारण सभा असार ३ गतेका लागि बोलाएको छ । सभा अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा विहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १३.५६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, सभाले गत आर्थिक वर्षका वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, बोनस सेयरपछि कायम हुने सेयरपूँजीको संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गतेदेखि बुक क्लोज गर्ने भएको हुदाँ जेठ २१ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।