एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको १ लाख भन्दा बढी सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर र सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको हो । कम्पनीको नाममा रहेको १ लाख ८ हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
उक्त सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनी र इच्छुक व्यक्ति,कम्पनी संघसंस्थाहरुले जेठ २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।
सो सेयरको बिक्री मूल्य २३७ रुपैयाँ रहेको छ । सेयर खरिदको लागि आजको मितिबाट ७ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल,थापाथली काठमाडौं र सूचनामा उल्लेख भएको विभिन्न शाखा कार्यालयमा आइपुग्ने गरि पेश गनुपर्नेछ ।