छुट्नु होला है ? युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज (जेठ १७ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले जेठ ११ गतेदेखि जेठ ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीको एफपीओेमा लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।