युनिक नेपाल लघुवित्तको एफपिओमा अन्तिम दिनसम्म ४२.९६ गुणा बढीको आवेदन « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

युनिक नेपाल लघुवित्तको एफपिओमा अन्तिम दिनसम्म ४२.९६ गुणा बढीको आवेदन



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा १ अर्ब ६३ करोड ३ लाख २ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (जेठ १७ गते) अन्तिम दिन साँझ ५ः२ बजेसम्ममा १४ लाख ४ हजार ७ आवेदनबाट १ करोड ६३ लाख ३ हजार २० कित्ताका लागि आवेदन परेको हो । जुन माग भन्दा ४२.९६ गुणा बढी हो ।

कम्पनीले जेठ ११ गतेदेखि जेठ ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको थियो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्