राष्ट्र बैंकले राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तलाई दियो सैद्धान्तिक सहमति « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

राष्ट्र बैंकले राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तलाई दियो सैद्धान्तिक सहमति



काठमाडौं । राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्त वित्तीय संस्थालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

दुवै कम्पनीले संयुक्त रुपमा प्राप्ति प्रक्रियामा सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए । जेठ २३ गते दुई कम्पनीबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

चैत २९ गते प्राप्ति प्रक्रियामा प्रारम्भिक सम्झौता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्