एक आपसमा गाभिएका यी दुई कम्पनीले एकीकृत कारोबारका लागि जुराए मिति ! « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

एक आपसमा गाभिएका यी दुई कम्पनीले एकीकृत कारोबारका लागि जुराए मिति !



काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले आगामी असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गरि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने भएको हो । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १:१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।

यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंक, रजिष्ट्रार कार्यालयले पनि अन्तिम स्वीकृत दिईसकेको छ । कम्पनीको केन्द्रीय कार्यालयन भने चितवनको भरतपुरमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्