आशा लघुवित्तको विशेष साधारण सभा असार १६ गते, के-के छन् एजेण्डा ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

आशा लघुवित्तको विशेष साधारण सभा असार १६ गते, के-के छन् एजेण्डा ?



काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा असार १६ गते बोलाएको छ ।

जेठ ३१ गते बसेको संचालक समितिको बैंठकले सभा फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्ट, नुवाकोट, ककनीमा बिहान ११ बजे आव्हान गरेको हो ।

सभामा आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने गर्ने सम्बन्धमा छलफल पारित गर्नेछ । सभामा दुवै लघुवित्तबीच प्राप्ति प्रक्रियालाई निर्धारण गरिएको १ः१ सेयर स्वाप रेसियो पारित गर्नेछ ।

प्राप्तिपछि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठनपश्चात साविक सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त ह’ने सम्बन्धी विशेष प्रस्ताव अनुमोदन हुनेछ । प्राप्ति प्रक्रिया पछि बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड रहने विशेष प्रस्ताव सभाले पारित गर्नेछ ।

प्राप्तिपछि संस्थाको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।

विशेष साधारणसभा प्रयोजनको लागि संस्थाले असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साथै, असार ६ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्