साना किसान र आरएमडीसी लघुवित्तलाई मर्जरमा जान धितोपत्र बोर्डले दियो अन्तिम स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई लघुवित्तलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन अन्तिम स्वीकृति प्रदान गरेको हो ।
यी दुई लघुवित्तलाई एक आपसमा गाभिने जेठ २४ गते अन्तिम स्वीकृति प्रदान गरेको हो । गत भदौ ३१ गते १:०.८७ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका हुन् ।
समझदारीपत्रमा साना किसान विकास लघुवित्तको तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र आरएमडिसी लघुवितको तर्फबाट अध्यक्ष सुजाता जोशीले हस्ताक्षर गरेका हुन् ।
मर्जरका लागि स्वाप रेसियो १००:८७ कायम हुनेछ । यो भनेको आरएमडीसी लघुवित्तको १०० कित्ता हुनेले साना किसान लघुवित्तको ८७ कित्ता सेयर पाउनेछन् । मर्जरपछि कम्पनीको पूँजी कोष ७ अर्ब बढी हुनेछ । कम्पनीको लगानीमा रहेको कर्जा करीब ४३ अर्ब रुपैयाँ पुग्नेछ ।
मर्जरपछि हुने कम्पनी सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला रहने सहमति भएको छ । दुबै कम्पनीका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने छन् ।
यो पनि पढ्नुहोस्: