प्रतिकित्ता २७५ रुपैयाँमा नै महुली लघुवित्तको सेयर किन्ने मौका « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

प्रतिकित्ता २७५ रुपैयाँमा नै महुली लघुवित्तको सेयर किन्ने मौका



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको ५ हजार १८३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोही अन्य व्यक्ति तथा संस्थाले आवश्यक कागजात संकलन गरी असार १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । सेयर बाँडफाँटमा प्राप्त गर्ने सेयरधनीहरू कम्पनीद्वारा असार ६ गतेपश्चात् घोषणा हुने लाभांश तथा हकप्रदका लागि समेत योग्य रहेनेछन् ।


प्रतिक्रिया दिनुहोस्