शान्ति सुरक्षा माग गर्दै लघुवित्त बैंकर्स संघले प्रधानमन्त्री प्रचण्ड र ७७ जिल्लामा ज्ञापनपत्र बुझाउने तयारी « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शान्ति सुरक्षा माग गर्दै लघुवित्त बैंकर्स संघले प्रधानमन्त्री प्रचण्ड र ७७ जिल्लामा ज्ञापनपत्र बुझाउने तयारी



काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देशभरिका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

ऋण नतिर्ने आन्दोलन नरोकिएपछि लघुवित्त विरोधी आन्दोलन पारेको असर र शान्ति सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाउने भएका हुन् । ऋण नतिर्ने आन्दोलनमा लागेकाहरुले लघुवित्तका कर्मचारीमाथि हातपात गर्ने गरेको भन्दैं शान्ति सुरक्षाको माग गर्दै देशका ७७ जिल्लाका सिडियो ज्ञापनपत्र बुझाउन लागेको बताए ।

“हाल देशका ७७ जिल्लामा सञ्चालन भएका लघुवित्त वित्तीय संस्थाहरुमा आवद्ध भई ग्रामिण महिलाहले वित्तीय सेवालिई आफ्नो विभिन्न वित्तीय आवश्यकता पुरा गरिरहेकाछन् नेपाल तथा अन्य नियामक निकायको नियमन एवं निर्देशनको अधिनमा रही ग्राहकको संरक्षण, वित्तीय आवश्यकता र हितलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रवाह भैरहेको साथै ग्राहक र संस्थाको बीचमा सुमधुर राष्ट्र बैंक सम्बन्ध कायम गरी ग्राहक संरक्षणको आधारलाई मुख्य प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरु सदैव दृढ रहेको कुरा सम्माननीय प्रधानमन्त्री यस संघ पुनः प्रतिवद्धता गर्न चाहन्छ” विज्ञप्तिमा उल्लेख गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्