कहिले हुदैंछ धौलागिरी र खप्तड लघुवित्तको एकीकृत कारोबार ?

काठमाडौं । धौलागिरी र खप्तड लघुवित्त एक आपसमा मर्ज भई असार २० गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाठ स्वीकृत पाएसँगै एकीकृत कारोबारका लागि मिति तय गरेका हुन् ।
अब धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनीको गत चैत ६ गते सम्पन्न विशेष साधारण सभाले पनि मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । मर्जर पश्चात कम्पनीको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहनेछ । खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।
