सामुदायिक लघुवित्तसँग मर्जरमा जान बीपीडब्लु लघुवित्तले असार २६ गते बोलायो साधारण सभा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सामुदायिक लघुवित्तसँग मर्जरमा जान बीपीडब्लु लघुवित्तले असार २६ गते बोलायो साधारण सभा



काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा असार २६ गतेका लागि बोलाएको छ । सभा होटल बगैंचाको सभा हल, जावलाखेल ललितपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले सामुदायिक लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि पारित गर्ने मुख्य एजेण्डा रहेको छ । साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीको सभाले सर्वसाधारण सेयरधनीहरु मध्येबाट २ जना संचालक निर्वाचन गर्ने प्रस्ताव हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ असार ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्