को हुन् करिब एक लाख कित्ता सेयर बिक्री गर्न लागेका सूर्योदय वोमी लघुवित्तका पाँच संस्थापकहरु ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

को हुन् करिब एक लाख कित्ता सेयर बिक्री गर्न लागेका सूर्योदय वोमी लघुवित्तका पाँच संस्थापकहरु ?



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थाप समूहको तर्फको ९७ हजार २९२ कित्ता सेयर बिक्रीमा गर्ने लागेको हो ।

कम्पनीका संस्थापक सेयरधनी देवराज चौलागाँईले २३ हजार ३१ कित्ता, बिमला घिमिरेले १५ हजार ९२६ कित्ता, मनोज बस्नेतले नौ हजार कित्ता, कल्पना मास्केले ३० हजार १४२ कित्ता र मिना श्रेष्ठले १९ हजार १९३ कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुकले संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १४ गते) ले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी ४ ललितपुरमा आवदेदन दिन सकिनेछ ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित काननु बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्