असार १९ गतेदेखि दुई लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । असार १९ गतेदेखि दुई लघुवित्तको सेयर कारोबार रोक्का हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धौलागिरि लघुवित्त र खप्तड लभुवित्तको सेयर कारोबार रोक्का गर्ने भएको हो । दुवै लघुवित्तले मर्जर प्रकृया पुरा गरि असार २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । एकिकृत कारोबार प्रयोजनका लागि नेप्सेले सेयर कारोबार रोक्का गर्न लागेको हो ।