को हुन् १ लाख ६९ हजार कित्ता बढी सेयर बिक्री गर्न लागेका सूर्योदय वोमी लघुवित्तका ६ जना संस्थापकहरु ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तिय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ६ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको डेढ लाख कित्ता बढी सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो ।
कम्पनीले संस्थापक सेयरधनी रामेश्वरी श्रेष्ठको नाममा रहेको ८६ हजार कित्ता, देबेनद्र कुमार श्रेष्ठको नाममा रहेको २० हजार ९१२ कित्ता, निलम कुमार जि.टीको ३ हजार कित्ता, डोलेन्द्र पौडेलको २७ हजार १८८ कित्ता, बालकृष्ण विश्वकर्माको २३ हजार ९९२ कित्ता, कृष्ण बाहादुर वि.के को ८ हजार ५०३ कित्ता गरि कुल १ लाख ६९ हजार ५९६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखी सेयर बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयमा विद्यमानमा संस्थापकहरुबाट सेयर खरिदका लागि आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
अब सो संस्थापक सेयरइच्छुकले अन्य व्यक्ति संघ संस्थाहरुले खरिद गर्न सक्नेछन् । सो सेयर खरिदका लागि आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १७ गते) ले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यासपटल लिमिटेड, नागपोखरी नक्साल काठमाडौं वा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी ४ ललितपुरमा आवदेदन दिन सकिनेछ । उक्त संस्थापक सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ।