राष्ट्र उत्थान लघुवित्तद्धारा लेखा परीक्षक नियुक्त

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखा परीक्षक नियुक्त गरेको छ ।
कम्पनीको असार १६ गते बसेको चौथो वार्षिक साधारण सभाले संस्थाको आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण कार्य सम्पन्न गर्नको लागि बाह्य लेखारीक्षकमा बि.आर पराजुली एण्ड एशोसिएट चार्टर्ड अकाउन्टेन्सलाई नियुक्त गरेको हो ।
कम्पनीको साधारण सभा असार १६ गते काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा सम्पन्न भएको थियो ।
