समाज लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

समाज लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

आज भन्दा दुई वर्ष अघि स्वस्तिक लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेको लघुवित्त मर्जर भंग भए पनि दोस्रो बजारमा कारोबारमा आउन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्