मर्जर प्रस्ताव पारितका लागि कहिले बस्दैंछ बीपीडब्लु लघुवित्तको साधारण सभा ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

मर्जर प्रस्ताव पारितका लागि कहिले बस्दैंछ बीपीडब्लु लघुवित्तको साधारण सभा ?



काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २६ गते वार्षिक साधारण बोलाएको छ । सभा होटल बगैंचाको सभा हल, जावलाखेल ललितपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले सामुदायिक लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि पारित गर्ने मुख्य एजेण्डा रहेको छ । त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै सर्वसाधारण सेयरधनीहरु मध्येबाट २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव हुनेछ । सभा प्रयोजनका लागि संस्थाले असार १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्