साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार १५ दिन रोक्का रहने « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार १५ दिन रोक्का रहने



काठमाडौं । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तको सेयर कारोबार असार २४ गतेदेखि १५ कार्यदिनसम्म रोक्का रहने भएको छ ।

यी दुई लघुवित्त मर्ज भएर ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था’ को नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार गर्दैछन् । कम्पनीको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का रहने भएको हो ।

दुबै कम्पनीले १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् ।


प्रतिक्रिया दिनुहोस्