स्वरोजगार लघुवित्तको सेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सर्वसनधारणको लागि सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि सर्वसाधारण सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा- ५ काभ्रेपलाञ्चोकमा सेयर खरिद गर्ने कित्ता खुलाई अनवेदन दिन सक्नेछन् ।