मिथिला लघुवित्तको सेयर संरचना परिवर्तन

काठमाडौं । मिथिला लघुवित्त वित्तीय सस्थाको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तन पश्चात अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको हो ।
यस अघि संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो । संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न ईच्छुक नभएका संस्थापक शेयरधनीहरुलाई सात दिनभित्र धनुषाको ढल्केबरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।