राष्ट्र उत्थानलाई प्राप्ति गरेर आशा लघुवित्तले एकीकृत कारोबारको मिति तय « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

राष्ट्र उत्थानलाई प्राप्ति गरेर आशा लघुवित्तले एकीकृत कारोबारको मिति तय



काठमाडौं । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर आशा लघुवित्तले एकीकृत कारोबारको मिति तय गरेको छ । कम्पनीले आइतबार (असार ३१ गते) देखि एकीकृत कारोबार सुरु गर्ने भएको हो ।

आशाले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्न भएको हो । एकीकृत कारोबार गर्ने नियामक निकाय धितोपत्र बोर्ड र राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृत पाइसकेको हो ।

हाल आशा लघुवित्तको चुक्ता पुँजी ४० करोड रुपैयाँ बढी रहेको छ भने राष्ट्र उत्थानको २६ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्