२०७७ असोज ८ गतेदेखि रोक्का समाज लघुवित्तको सेयर कारोबार फुकुवा
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले रोक्का रहेको सेयर कारोबार फुकुवा भएको छ ।
कम्पनीको २०७७ असोज ८ गतेदेखि कम्पनीको सेयर रोक्का थियो । नेपाल राष्ट्र बैंकले नेप्सेलाई कम्पनीको आधारभूत सेयरधनीहरूको बाहेक अन्य शेयर कारोबार खोलिदिन पत्र लेखेको थियो ।
पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ६७ रुपैयाँ १४ पैसा देखि २०१ रुपैयाँ ४२ पैसा तोकेको छ । सोही आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । स्टक सिम्बोल एसएएमएजे रहेको छ ।



















