कैलालीमा चर्कियो लघुवित्त विरूद्ध आन्दोलन

कैलाली । सुदुरपश्चिम प्रदेशको कैलालीमा लघुवित्त बिरुद्ध आन्दोलन चर्किएको छ । लघुवित्त विरुद्ध ऋणीहरु आन्दोलित भएका हुन् ।
लघुवित्त वित्तीय संस्थाहरुले चर्को ब्याज असुलेर दुःख दिएको उनीहरुको रोप छ । गाउँमा पुगेर बचत समूह गठन गर्दै लगानी गर्ने लघुवित्त वित्तीय संस्थाले मनलाग्दी रुपमा ब्याज लिन थालेपछि मर्कामा परेको भन्दै ऋणीहरु आन्दोलित भएका हुन् ।
ऋण तिर्न नसकेर कतिपय डिप्रेसनको सिकार भएर आत्महत्या गर्ने सम्मको अवस्था सिर्जना समेत आएको एक ऋणीले बताए ।