विन नेपाल लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । विन नेपाल लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, बनेपा १३ साँगामा आफुले खरिद गर्ने सेयर कित्ता व्याहोरा खुलाई आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।



















