जाल्पा सामुदायिक र किसान लघुवित्तबीच एक आपसमा मर्जरमा जाने समझदारी

काठमाडौं । जाल्पा सामुदायिक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरमा जाने समझदारी भएको छ । दुवै संस्थाबीच साउन ९ गते एक आपसमा मर्ज हुने समझदारी भएको हो ।
किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ । जाल्पा सामुदायिक लघुवित्त रुपन्देही जिल्लाको बुटवल–११मा रजिस्टर्ड कार्यालय रहेको छ ।
मर्जर प्रयोजनका लागि संस्थाका आधारभूत सेयरधनीहरुको सेयर कारोबारका साधारण सभा सम्पन्न नभएसम्म रोक्का रहने भएको छ । कारोबार रोक्का लागि दुबै लघुवित्तले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आवेदन दिएका हुन् ।