एनआइसी एशिया लघुवित्त मौवा शाखाले सदस्यको मृत्यु पछि आश्रीत परिवार आर्थिक सहयोग प्रदान « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

एनआइसी एशिया लघुवित्त मौवा शाखाले सदस्यको मृत्यु पछि आश्रीत परिवार आर्थिक सहयोग प्रदान



काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सदस्यको मृत्यु पश्चात आश्रीत परिवारलाई क्रियाखर्च बापत आर्थिक सहयोग गरेको छ ।

संस्थाको डोटी जिल्ला मौवा शाखामा आवद्ध सदस्य हरु ओडको मृत्यु पश्चात उनीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो । शाखा प्रमुख श्याम पाठकले मृतकका छोरा रोशन ओडलाई क्रियाखर्च बापत चार हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणपछि शाखा प्रमुख पाठकले आश्रीत परिवारलाई केहि हदसम्म भएपनि राहत पुग्ने हुदाँ उक्त सहयोग प्रदान गरेको बताए । “लघुवित्त किसान, गरिब, असाय, विपन्नको सारथी हो । हाम्रो स-सानो सहयोगले सदस्यको जीवन स्तरमा ठूलो राहत पुग्छ” पाठकले भने ।


प्रतिक्रिया दिनुहोस्