एनआइसी एशिया लघुवित्त बन्डुसेन शाखाले स्वास्थ्य पिडितलाई दियो राहत « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

एनआइसी एशिया लघुवित्त बन्डुसेन शाखाले स्वास्थ्य पिडितलाई दियो राहत



काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य पिडितलाई राहत प्रदान गरेको छ । संस्थाको बन्डुसेन शाखाले स्वास्थ्य पिडित सदस्यलाई राहत दिएको हो ।

संस्थाका सदस्य गोबडी लुहारका श्रीमान शेरबहादुर लुहारलाई स्वास्थ्य पिडित बापतका सहयोग प्रदान गरेको हो । बन्डुसेन शाखा प्रमुख मोहनराज ओझाले राहत बापतको १० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै शाखा प्रमुख ओझाले शेरबहादुरलाई स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले उक्त सहयोग प्रदान गरेको बताए । “हामी सदस्यको सबै दुख सुखमा साथ दिन्छौं । लघुवित्तको उद्देश्यले नै सदस्यको सारथी हो” ओझाले भने ।


प्रतिक्रिया दिनुहोस्