गणपति लघुवित्तको अधिकांश सूचक ओराला, मुनाफा ६७ प्रतिशतले घट्यो, खराब कर्जा पनि वृद्धि « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

गणपति लघुवित्तको अधिकांश सूचक ओराला, मुनाफा ६७ प्रतिशतले घट्यो, खराब कर्जा पनि वृद्धि



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवतरण अनुसार कम्पनीको नाफामा पहिरो गएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको खुद नाफा ६७.८३ प्रतिशतले घटेर ७० लाख २८ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा २ करोड १८ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी र संचालक नाफामा ओरालो लाग्दा मुनाफा समेत प्रभावित बनेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४ प्रतिशतले घटेर ११ करोड ५१ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १३ करोड ४९ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्म २ करोड २९ लाख ५ हजार रुपैयाँ संचालन नाफा गरेको संस्थाले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त नाफा ६३.७६ प्रतिशतले घटेर९८ लाख ८८ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष ३९.६१ प्रतिशतले घटेर ३ करोड ५९ लाख ४१ हजार रुपैयाँ, सापटी ५९.१२ प्रतिशतले घटेर १ अर्ब ६२ करोड ३४ लाख ३० हजार रुपैयाँ, खराब कर्जा २.८८ प्रतिशतले बढेर ४.५२ प्रतिशत पुगेको छ ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २ पैसाले घटेर ६ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्